AArya
RUMPUM
animated ellipse animated ellipse

बेलवारीमा खोर्सानी होम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०७४, मंगलवार ०७:२२
3
Shares
विराटनगर, १३ चैत / मोरङको बेलबारी नगरपालिका–६ मा एक सय बढी किलो खोर्सानीको आहुती दिँदै खोर्सानी होम सकिएको छ ।

बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगतका वर्ष जस्तै यसवर्ष पनि चर्चित खोर्सानी होम सम्पन्न भएको छ । सो ठाउँमा रहेको याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाले विगत १३ वर्षदेखि खोर्सानीबाट हवन गर्दै आएका छन् ।

चैते दशैं अवधिभर विभिन्न धार्मिक अनुष्ठानको आयोजना गर्दै समापनका दिन खोर्सानी हवन गर्ने गरिन्छ । दनदनी बलेको कुण्डमा सयौं किलो खोर्सानीबाट हवन गर्दा समेत खार नआउने विशेषता भएका कारण नेपालसहित भारतका विभिन्न क्षेत्रका श्रद्धालु हवनबाट धार्मिक लाभ लिन त्यहाँ पुग्ने गरेका छन् । यसपटक समेत सो ठाउँमा एकसय किलो बढी खोर्सानीबाट हवन गरिएको छ । सयौं किलो खोर्सानीबाट हवन गरिरहँदा हवन कुण्डको आसपास उभिएर प्रत्यक्ष हवन हेरिरहेको कसैलाई पनि खोर्सानी डढाउँदा उत्पन्न हुने खारको अनुभूति भएन । यसवर्ष १३ औं पटकको हवन कमला साधना महायज्ञकोरूपमा आयोजना गरिएको हो ।

यसपटक राष्ट्र शान्ति र समृद्धिको कामनासहित महायज्ञ र हवनको आयोजना गरिएको साधक गोपालप्रसाद कोइरालाले बताए । खोर्सानी डढाउँदा समेत खार नआउने र मन्दिरमा गरेको भाकल पुरा हुने विश्वास बढेपछि वार्षिक रूपमा आयोजना हुने सो अनुष्ठान हेर्न भारतबाट उल्लेख्य संख्यामा धार्मिक पर्यटन आउने गरेका छन् । आजको जनविद्रोह दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर