AArya
RUMPUM
animated ellipse animated ellipse

मुख्य न्यायधिवक्ता आचार्यले लिए सपथ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ चैत्र २०७४, सोमबार १९:००
3
Shares
विराटनगर, १२ चैत / दुई साता अघि नियुक्ती भएका १ न. प्रदेशका मुख्य न्यायधिवक्ता चुमामणि आचार्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

उच्च अदालत विराटनगरका मुख्य न्यायधिश डा कुलरत्न भूर्तेलले आचार्यलाई पद तथा गोपनियताको सपथ गराए । प्रदेश प्रमुख प्रा.डा गोविन्द तुम्वाहाङको उपस्थितिमा उनलाई सपथ गराइएको हो । नेपालको संविद्यान २०७४ को धारा १६० अनुसार आचार्यलाई मुख्यमन्त्री शेरधन राईले नियुक्तीको लागी चैत २३ गते सिफारिस गरेका थिए ।

मन्त्रीपरिषदको सिफारिस पछि आचार्यलाई चैत २५ गते प्रदेश प्रमुख तुम्वाहाङले नियुक्ती गरेका हुन । आचार्य मुख्यमन्त्रीको कानूनी सल्लाहाकारका रुपमा रहने छन् । उच्च अदातलको न्यायधिश सरह उनले काम गर्ने छन् । बरिष्ठ अभिवक्ता भैसकेका वकिलहरुबाट न्यायधिवक्ता नियुक्ती गर्न सक्ने व्यवस्था छ ।

आचार्य २०५७ सालमा नेपाल वार एशोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष र ०५० मा मोरङ जिल्ला अध्यक्ष समेत थिए । सपथ समारोहमा मुख्यमन्त्री शेरधा राई , सभामुख प्रदिप भण्डारी , उपसभामुख सरस्वती पोखरेल , मन्त्रीहरु , सचिव तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर