खबर पूर्वाञ्चल
प्रतिनिधिसभा र राष्ट्रियसभामा १३ वटा विषयगत समिति छन्। ती मध्ये २ वटामा दुबै संसदका सदस्य रहने संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताए।
‘संसदीय सुनुवाई समिति र महाभियोग समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै तर्फका सदस्य रहने सुझाव दिइएको छ।’ डा गौतमले भने ‘ अन्य समिति भन्दा सम्वेदनशिल भएकाले ‘चेक एन्ड ब्यालेन्स’ गर्न यी समितिमा दुवैतर्फका सदस्य राख्न लागिएको हो।’ आवश्यकताअनुसार बेलाबेलामा गठन हुन सक्ने भन्दै विशेष समितिको परिकल्पना गरिएको उनले बताए।