RUMPUM
animated ellipse animated ellipse

यसरी कुदो सप्तकोसीमा पानी जहाज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७४, आईतवार २०:४८
3
Shares
सप्तकोशी,११ चैत / सप्तकोशी नदीमा आइतबार दिउँसो मिनी पानी जहाज सञ्चालन भयो । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले परिक्षणको रुपमा मिनी पानी जहाज सप्तकोशीमा सञ्चालन गरेको थियो ।

स्थानीय स्तरमा जल यातायातलाइ प्रबर्धन गरि आन्तरिक बाहय पर्यटकहरुलाई आकर्षित गर्न मिनी पानी जहाज जेट बोट संचालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक बिमलमान श्रेष्ठले बताए । उनले भने, ‘आइतबार परिक्षण गरिएको छ । मिनी पानी जहाज प्राविधिक टोली ल्याएपछि पुन निरीक्षण गरेर अबको एक सातामा पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।’

बोटबाट चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा जिल्लासम्म पुग्न सकिने उनले बताए । स्थानियहरुलाई यातायातमा सहजता हुने मात्र नभई बराहक्षेत्र दर्शन गर्न आउने भक्तजनहरुलाई पनि सुविधा हुने उनले बताए ।

करिब ३ करोडको रुपैंया खर्च गरि भारतबाट ल्याईएको सञ्चालक समितिका अध्यक्ष सन्तोष भण्डारी बताए । एक पटकमा बोटमा २५० जना यात्रु र पाइलट सहित पाँच जना प्राविधिक सवार हुनेछन् ।

बराहक्षेत्रबाट उत्तर रहेको सिम्ले पुग्नको लागि झन्डै ६ घण्टा समय खर्चनुपर्ने बाध्यता छ । त्यती दुरी पार गर्दा एक जनाले एक हजार रुपैयासम्म खर्च गर्छन् । तर बोट सञ्चालनपछि ४ सय रुपैयामै सिम्ले पुगिने भण्डारीले बताए । उनले भने, ‘६ घण्टा समय लाग्ने ठाउँ १५ मिनेटमै पुगिनेछ ।’

बोट सञ्चालनबाट बराहक्षेत्र नगरपालिकाले आन्तरिक पर्यटक भित्र्याउन सक्ने बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो क्षेत्र भित्र रहेका जैविक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई जल यातायातको माध्यमबाट अन्तराष्ट्रियकरण गर्न सकिने छ ।’

उनकाअनुसार कोशी ब्यारेज देखि कोशी टप्पु बन्यजन्तु आराक्ष हुदै बराहक्षेत्र धाम सम्म आन्तरिक र भारतीय पर्यटकलाई मात्र घुमाउन सकिएमा स्थानिय निकाय सहित प्रदेस र केन्द्रिय सरकारले लाभ लिन सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर