AArya
RUMPUM
animated ellipse animated ellipse

यसरी गरे पूर्व राजाले विराटनगरको मन्दिरमा पूजा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७४, आईतवार १९:२८
3
Shares
फाइल तस्वीर
विराटनगर, ११ चैत/ पूर्र्वराजा ज्ञानेन्द्र विक्रम शाहले विराटनगर महानगरपालिका क्षेत्रमा रहेको मठ–मन्दिरको दर्शन गरेका छन् । निजी गाडीमा आज दिउँसो पौने ४ बजे झापाबाट विराटनगर आइपुगेका पूर्व राजा शाहले महानगर क्षेत्रको मन्दिरहरुमा दर्शन गरेका हुन् ।

उनले स्थानिय काली मन्दिर, गणेश मन्दिर, पंचमुखी हनुमान मन्दिर र रामजानकी मन्दिर पुगेर देवीदेउताको दर्शन गरे । पूर्वराजाको आगमन हुने सूचना पाएका ठुलो संख्याका सर्वसाधारण राजालाई हेर्न विराटनगरको मेनरोडस्थित काली मन्दिर अगाडीको सडकमा जम्मा भएका थियो ।

सांघुरो सडकमा उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति भएपछि भीड ब्यवस्थापन गर्न आयोजक समिति र प्रशासनलाई हम्मे–हम्मे परेको थियो । जलजलाचोकमा गाडीबाट उत्रिएका पूर्वराजालाई उनको निजी सुरक्षाकर्मी र स्थानीय प्रहरीले सुरक्षा दिएको थियो । पुर्र्वराजा जलजलाचोकबाट पैदल काली मन्दिर सहित अन्य मन्दिरको दर्शन गरेका थिए ।

मन्दिरसम्म पैदल हिडेका पूर्वराजालाई माला र फुल अर्पण गर्न सर्वसाधारण र आयोजकबीच तछाडमछाड नै चलेको थियो । भीडलाई छिचोलेर काली मन्दिर उक्लिएका पूर्वराजा शाहलाई काली मन्दिर ब्यवस्थापन समितिका पदाधिकारीले मन्दिरमा स्वागत गरेका थिए । सो क्रममा काली मन्दिरका पुजारीहरुले पुर्वराजालाई मन्त्रोचारणसहित फुलमाला र प्रसाद अर्पण गरेका थिए ।

पुर्वराजाको आगममन भएपछि राजाबादी सर्मथकहरुले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए । पुर्वराजालाई स्वागत गर्न राजाबादी नेताकोहरुको उपस्थीत रहेको थियो । विभिन्न मन्दिरको दर्शनपछि पुर्वराजा विराटनगर तिनपैनीस्थित होटल ह्यारिसन प्यालेसमा केहि बेर विश्राम गरेका थिए । त्यस लगत्तै केहिबेर पछि पूर्व राजा शाह झापातर्फ नै प्रस्थान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दिनेश शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर