AArya
RUMPUM
animated ellipse animated ellipse

कोशीअञ्चल अस्पताल परिसरमा सरसफाइ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०७४, शनिबार २०:०८
3
Shares
विराटनगर, १० चैत / परिवर्तनको लागि हातेमालो संस्थाले विराटनगरको कोशीअञ्चल अस्पताल परिसरमा सरसफाइ गरेको छ ।

यूवाहरु आवद्ध रहेको उक्त संस्थाले आज अस्पताल परिसरमा सरसफाइ गरेको हो । अस्पताल परिसर भित्र फोहरले दुर्गन्धीत भएको जानकारी आएपछि यूवाहरुको संस्थाले सरसफाइ गरेको अभियान्ता विनोद परियारले बताए । ‘अस्पताल जस्तो संम्वेदनशिल स्थानमा फोहरले दुर्घन्धित भए पछि हामी सरसफाइ गर्न गएका हौं,’ अभियान्त परियाले भने, ‘अस्पताल भित्रको थुप्रै फोहर उठाएका छौं ।’ जथाबाभी रुपमा फोहर गर्ने भएपछि हातेमालो संस्थाले भगवनाको फोटो समेत अस्पताल परिसर भित्र राखिएको छ ।

पान, गुडका खाएर अस्पताको भित्ताहरु थुक्ने भएकोले फोहर नबनाउन भगवानको फोटो टासेको अभियान्त सुशिल रिजालले बताए । उनका अनुसार अस्पताल परिसरमा १ सय वटा भगवानको फोटो अस्पतालमा टासिएको र १० लिटर फिनेल लगाएर सफाइ गरिएको जानकारी दिए ।

यूवाहरु आवद्ध भएको उक्त संस्थाले अस्पताल प्रशासनलाई अस्पतालजस्तो संम्वेदनशिल ठाउँमा सरसफाइ राख्न सुझाब समेत दिएको थियो ।
परिवर्तनको लागि हातेमालो संस्थाले महानगर क्षेत्रमा सरसफाइ अभियान सुरु गरेको पाँचौ हप्ता रहेको अभियान्त तुलसी घिमिरले जानकारी दिए । यस अघि महानगर क्षेत्रको विभिन्न स्थानमा सरसफाइ गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर