AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको आरोहण गुरुकुलमा ‘मसान’ लाग्यो (फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०७४, शनिबार १९:१४
3
Shares
आरोहण गुरुकुल विराटनगरमा मञ्चन नाटक ‘मसान’ मा अभिनय गर्दै कलाकारहरु । तस्वीरहरु-पुष्पराज थपलिया /खबर पूर्वाञ्चल
विराटनगर, १० चैत/ आरोहण गुरुकुल विराटनगरमा साहित्यकार गोपालप्रसाद रिमालको कृतिमा आधारित नाटक ‘मसान’ आज देखि मञ्चन गरिएको छ । आजदेखि एकसाता सम्म मसान नाटक मञ्चन हुने भएको होे ।

सहित्यकार स्व.गोपालप्रसाद रिमालद्धारा लिखित ‘मसान’ नाटकको मुकेश कर्णले निर्देशन गरेका छन् । महिलालाई हेपिएको बिषयबस्तुलाई समेटेर रिमालले विस २००३ सालमा लेखेको नाटक मञ्चन गरिएको हो । नाटकको सन्देश अझैपनि सान्धरबिक रहेकाले नाट्य रुपान्तरण गर्न मञ्चन गरिएको निर्देशक कर्णले जानकारी दिए । कर्ण गुरुकुल विराटनगरको पहिलो ब्याचका विद्यार्थी हुन् । पहिलो पटक नाटक निर्देशन गरेका कर्ण दर्शकले नाटक मनपराउनेमा आसाबादी रहेको बताउँछन् ।

नाटकमा नारी एउटा बच्चा जन्माउन र शारिरिक आवश्यकता पूर्ती गर्न मात्र खोजिएको यथार्थलाई चित्रण गर्न खोजिएको नाटकका निर्देशक कर्णले बताए । मसानमा दिपा पोखरेल, विजया नेपाल, वर्षा न्यौपाने, सम्झना आर्चय, निर्मल शर्मा, रिदम बस्नेत, अशोक गौतमले अभिनय गरेका छन् ।

नाटकको लाइट व्यवस्थापनमा भरत कार्की र स्टेज व्यावस्थापनमा विकास पराजुलीले गरेका छन् । गोपालप्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । विसं १९७५ , जेठमा जन्मिएका रिमालको मृत्यु विसं २०३०, कार्तिकमा भएको थियो । उनले लेखेका कृतिहरु मध्ये ‘मसान’ नाटक चर्चित नाटक हो ।

विराटनगरको आरोहण गुरुकुलमा ‘मसान’ लाग्यो (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर