पूर्वाञ्चल खबर
आज काठमाडौंमा एक कार्यक्रममा सन्दीले लगाउँने जर्सीको अनावर भएको हो । दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दुवा र राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले संयुक्तरुपमा सन्दीपलाई जर्सी हस्तान्तरण गरेका छन् । सन्दीपलाई दिल्लीले यो सिजनको आईपीएलमा अक्सनबाट २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
सन्दीपको रोजाइ २५ नम्बरको जर्सी भए पनि त्यो अरु खेलाडीले नै लिइसकेकाले उनले १ नम्बरको जर्सी रोजेका हुन् । सन्दीपले नेपालबाट २५ नम्बरकै जर्सी लगाएर खेल्ने गरेका छन् । उनले २५ नम्बर जर्सी रोज्नुको कारण भने अलि पृथक रहेको बताए ।
उनले कार्यक्रममा भने, ’मेरो भान्जीको जन्म मिति २५ गते हो, मान्जी अहिले यो संसारमा छैनन ्। उनलाई सम्झिन म सधैं २५ नम्बरलाई रोजाइमा राख्ने गर्छु ।’ उनले थपे, ’२५ नम्बर जर्सी नपाएपछि मैले १ नम्बर जर्सी रोजेको हुँ, यसको मतलब म सधैं १ नम्बर बन्ने कोसिसमा रहन्छु ।’