खबर पूर्वाञ्चल
काठमाडौस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले जीवनशैली व्यवस्थापन तथा तनाव व्यवस्थापनका विभिन्न तरिकाहरुको विषयमा जानकारी दिने अभियान इटहरीबाट सुरु गरेका हुन ।
दिउँसो विराटनगर एयरपोर्ट झरेका स्वामी आनन्द अरुणको स्वागतमा आशोका अनुयायीहरुको निकै ठूलो समूह पुगेको थियो ।
ओशो विश्रान्ती ध्यान केन्द्र इटहरीले शनिबार इटहरीमा कार्यक्रम आयोजना गरेको छ । अभियान पूर्वको धरान, इनरुवा, विराटनगर, इलाम, विर्तामोडलगायतका स्थानमासमेत गरिने बताइएको छ ।
ओशोको सन्देश प्रहाव गर्न पूर्वमा अभियान चलाइएको हो ।