पूर्वाञ्चल खबर
मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाउँदै व्यावसयीहरुले क्षमताभन्दा बढी सामाग्री बोकेका मालबहाक ट्रकहरुलाई सिमामै रोक्न माग गरेका हुन् ।
ट्रक ब्यवसायि संघ मोरङका अध्यक्ष मेधराज सिग्देल सहितको टोलीले मुख्यमन्त्री राईलाई भेटी नेपालको कानुन अनुसार भार बहन क्षमता अनुसार आउनुपर्नेमा दोब्बर तेब्बर क्षमतामा माल सामान ल्याउने गरेको भन्दै नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो ।
नेपालमा ६ चक्के मालबहाक सवारी साधनले १० टन ल्याउन पाउने भएपनि २५ टन सम्म ल्याउने गरेकोले नियन्त्रणका लागि माग गरिएको अध्यक्ष सिग्देलले बताए ।
त्यसैगरी ट्रक चलाउने क्रममा दुर्घटना भएमा विमा कम्पनीले ३ लाखसम्मको विमा गरेको भएपनि उपचारमा खर्च धेरै भएका कारण विमा रकम निर्धारण नगर्नका लागि पहल गरिदिन र विराटनगर बजारमा सामान ढुवानीमा क्रममा लोड अनलोड गर्न पार्किङ नभएकोले निश्चित पार्किङको ब्यवस्था गर्न ब्यवसायिहरुले माग गरेका छन । मुख्यमन्त्री राईले ब्यवसायिले उठाएको विषयमा बुझेर कारवाही प्रकृया बढाउने बताए ।