AArya
RUMPUM
animated ellipse animated ellipse

एसइइ दिने विद्यार्थीलाई पेरागनको विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ चैत्र २०७४, शनिबार २१:०५
3
Shares
विराटनगर, ३ चैत / विराटनगर ३ मा रहेको पेरागन एकेडेमिले एसइइ दिने कक्षा १० का विद्यार्थीलाई विदाई गरेको छ ।

स्कूलमा एक कार्यक्रमको आयोजना गरि कक्षा नौ आठ र सातमा अध्ययनरत विद्यार्थीले उनीहरुलाई विदाई गरेका हुन् ।

विदाई कार्यक्रममा कक्षा ७,८ र ९ का विद्यार्थीले झाँकी सहित बिभिन्न जात जातिको सास्कृतिक भेष भुषाको प्रदर्शन गर्नुका साथै नृत्य , कविता गजल, गीत प्रस्तुत गरी भरपुर मनोरन्जन दिएका थिए ।
कार्यक्रममा बिद्यालयका प्रिन्सीपल दीपकप्रसाद घिमिरेले विदाई हुने विद्यार्थीेलाई मायाको चिनो प्रदान गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना सहित विद्यालयमा सिकेको ज्ञानलाई जीवनमा प्रयोग गरी सफल नागरीक बनि आफ्नो परिवार , विद्यालय र देशको नाम अन्तराष्ट्रिय जगतमा सम्मान र सम्झनयोग्य नागरीक बनुन भनि शुभकामना दिदै विद्यालय परिवार सदैव विद्यार्थीको प्रगति र उन्नतिको कामना गर्ने बताए ।

कार्यक्रममा कक्षा १० का विद्यार्थीले आफुहरु पेरागनबाट कहिले विदा हुन नसक्ने र अध्ययनका क्रममा केही पर रहेपनि मन र माया यही विद्यालयमा रहिरहने र विद्यालयको कार्यक्रममा सकेसम्म उपस्थित हुने बताए । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाले टिका माला र मायाको चिनो सहित शुभआशिर्वाद दिदै विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर