AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल रेडक्रस सोसाइटीको ४७ औंं अधिवेशन विराटनगरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०७४, शुक्रबार २१:०९
3
Shares
विराटनगर,२ चैत / नेपाल रेडक्रस सोसाइटीलाई संघीय ढाँचा अनुसार लैजानका लागि विधान परीवर्तन गर्नका लागि यही चैत २८ र २९ गते विराटनगरमा ४७ औं केन्दीय महाधिवेशन हुने भएको छ ।

महाधिवेशनलाई सफलता पूर्वक सम्पन्न गर्ने सोसाइटीका मोरङ अध्यक्ष सुवोधकुमार सिंहको संयोजकत्वमा २ सय ९९ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यसैगरी विभिन्न १५ उप समिति समेत गठन गरिएको छ ।उक्त अधिवेशनमा विदेशी प्रतिनिधि, संघीय मंत्रालय, ७७ जिल्लाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी जम्मा पाँच सय जनाको सहभागिता रहने छ । अधिवेशन सम्पन्न गर्न रु २२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

अधिवेशनको उदघाटन अतिथि सदन तथा प्रतिनिधिहरुको वसोवासका लागि मारवाडी सेवा सदनका साथै रामजानकी मन्दिरमा व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर