खबर पूर्वाञ्चल
बिधार्थिहरुले गाउँ घरमा प्रचलितमा अाएकाे सामाग्रीहरु बनाएका थिए । उनीहरुले बाँसकाे प्रयाेग गरेर गाेरु गाडा, दराज,घर माटाेका विभिन्न जनावर,कागजबाट फुल, राेवट,पानी तान्ने माेटर,ट्रान्सफरमर,साेलर सिस्टमलगायत सामाग्री बनाएर सामाग्री
राखेका थिए । उक्त प्रदर्शनीमा मुख्य आकर्षक रंगेलीमा बन्न लागेकाे स्माटसिटिकाे नक्सा समेत प्रदर्शनीमा राखेका थिए ।
रंगेली नगरपालिकाका मेेेयर दिलिप बगडियाले प्रदर्शनीकाे उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक भाैतिक तथा बिकास मन्त्री जीवन घिमिरेले समेत प्रदर्शनी अवलाेकन गरेका थिए । कार्यक्रममा बडा अध्यक्ष रामचन्द्र मंन्डल,इलाका प्रहरी कार्यलयका प्रमुख संन्जिव बाबू खड्का ,ससस्त्र प्रहरी बिअाेपिका प्रमुख बिष्णु हरि घिमिरे माेरङ प्याब्सनका अध्यक्ष सुनिल पाैडेल, माेरङ प्याब्सनका क्षेत्र नम्बर ९ का अध्यक्ष माेती ढकाल ,अविभावक,शिक्षक, हरुकाे समेत उपस्थितमा कार्यक्रम भएको थियोे ।
विज्ञान प्रदर्शनीमा मेयर बगडियाले स सान बालबालिकाहरुले अाफ्नाे गाउँ घरमा देखा पर्ने सामाग्रीहरु बनाएर देखाउदा अाफु लाई निकै राम्रो लागेकाे र अबका दिनहरुमा अझै राम्रो कला प्रस्तुति देखाउने छन भन्ने बिश्वास रहेको बताए ।
बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले यस क्षेत्रका बिधालय मध्ये अहिले सम्म कसैले पनि विज्ञान प्रदर्शनी नगरेकाे र पहिलोपटक नै यस स्कूलले गरेको दावी गरे । अबका दिन हरुमा अझै विभिन्न प्रकारका क्रियाकलापहरु समेत गरिदै जाने समेत प्रिन्सिपल कार्की बताए ।