खबर पूर्वाञ्चल
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको यस प्रतियोगिताको नृत्यको तर्फको प्रथम सुप्रिया अधिकारी घोषित भइन् । उनले ८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रथम भएकी हुन् । त्यस्तै द्धितीय प्राश्ना खड्का तथा तृतीय सुम्निमा आचार्य भइन् । त्यस्तै गायनतर्फको प्रथम दिया फौदार, द्धितीय सुप्रिम बस्नेत र तृतीय भाग्यशाली पौडेल, घोषित भइन् ।
प्रतियोगिताको फाइनलमा नृत्यतर्फ ९ जना र गायनतर्फ ५ जना रहेको स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा नृत्य निर्देशक समिक्षा कार्की, दिपेन्द्र श्रेष्ठ, गायक प्रवलदिप विश्वास, राजन राय रहेका थिए । उक्त प्रतियोगिताको कोरियाग्राफर मनोज राजवंशीले गरेका थिए । प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल सुवाल, भानु कला केन्द्रको अध्यक्ष माया खड्कालगायले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा स्कूलले अनुसाशित विद्यार्थी, बेस्ट मनिटर हुने विद्यार्थीहरुलाई समेत एवाड वितरण गरेको थियो ।