खबर पूर्वाञ्चल
मण्डला थिएटरले तयार पारेको नाटक आरोहण गुरुकुल र हामी यूवाको संयुक्त आयोजनामा मंगलवारदेखि तीन दिन सम्म मञ्चन गरिने छ ।
एन्टीगोनीलाई उत्कृष्ट दुखान्त नाटक मध्येको एक मानिन्छ । यही नाटकको नेपाली एडप्टेसन एन्टीगोनी बुधबार र बिहिबार पनि दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन गरिदैछ
नाटकमा सृजना सुब्बाले एन्टिगोनीको चरित्र निभाएकी छन् । नाटकमा सृजनाबाहेक रञ्जना वली, सोमनाथ खनाल, विकास जोशी, प्रदिपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन ।
नाटकलाई सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेका हुन । यसअघि काठमाडौमा मञ्चन भईसकेको सो नाटक भारतमा आयोजित थिएटर ओलम्पिक्समा पनि मञ्चन गरिँदैछ ।