खबर पूर्वाञ्चल
भवनमा प्रहरी निरिक्ष, साहायक निरिक्षक, कर्मचारीहरुका लागि छुट्टाछुट्टै कोठा बन्ने र पुरुष थुनुवा, महिला थुनुवा र सुबिधा यूक्त शौचालयको निर्माण हुने भएको छ । १९ कोठे भवनको कुल लागत २ करोड ३२ लाख ३१ हजार १ सय ४६ रुपैया २१ पैसाको भवन निर्माण हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी एण्ड न्यौपाने निर्माण सेवा समिति काठमाडौ बिच फागुन १५ गते निर्माण ठेक्काको सम्झौता भएको थियो । सो भवन २०७५ फागुन १४ गते भित्र निर्माण सम्पन हुने भएको छ ।
कार्यक्रममाका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्याय ,प्रहरी उपरीक्षक अरुणकुमार बिसी , रंगेली नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मी ,सुनवर्सि नगरपालिका मेयर कालीप्रसाद दास, धनपालथान गाउँ पालिकाका अध्यक्ष हरिलाल सिंह , स्थानीय सुरेश मिश्रा, मंङगलचन्द अग्रवाल, शंकर साह, सामुदायिक प्रहरीका अध्यक्ष मचिन्द्र कटुवाल बालेका थिए ।