AArya
RUMPUM
animated ellipse animated ellipse

महायज्ञमा एक करोड बढी संकलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०७४, आईतवार १८:३२
3
Shares
विराटनगर, २७ फागुन / विराटनगरमा आज सम्पन्न भएको श्रीमद भगत सप्ताह ज्ञान महायज्ञबाट करिब १ करोड ५ लाख रुपैयाँ उठेको छ ।

विराटनगर – १ विष्णुमाया चौकमा फागुन २० देखि २७ गतेसम्म लागेको ज्ञान महायज्ञबाट जिन्सी र नगद गरी १ करोड ५ लाख रुपैयाँ उठेको हो ।

महायाज्ञ मुल आयोजक समितिले विराटनगर १ मा विद्युतिय पुस्ताकलय र विष्णुमाया सामुदायिक भवन निमार्ण गर्न महायज्ञ लगाएको आयोजक समितिका अध्यक्ष केशवप्रसाद गौतमले जानकारी दिए । ‘एक सातासम्म आयोजना गरेको महायज्ञ भव्यताको साथ सम्पन्न भयो,’ उनले भने , ‘विद्युतिय लाईबेरी र सामुदायिक भवन निमार्ण गर्न प्रयाप्त रकम संकलग्न भएको छ ।’ उनका अनुसार अबको ६ महिनामा धर्माशाला र लाइबेरी निमार्ण कार्य पुरा हुने जानकारी दिए ।

योगेश भण्डारीद्धारा कथा वाचन भएको महायज्ञमा खारपा डेप्लबमेन्ट कम्पनीले सबैभन्दा बढी दान गरेका छन् । उक्त कम्पनीले महायज्ञमा ६ लाख मुख्य बरावरको ६ धुर जग्गा दान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर