खबर पूर्वाञ्चल
जिम्बावेको बुलावायो एथलेटिक मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । नेपालले पहिलो खmेमा आयोजक जिम्बावे १ सय १६ रन र स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।
नेपाललाई पराजय गरेसँगै अफगानिस्तानको सुपर सिक्समा पुग्ने आसा पलाएको छ । त्यसका लागि जिम्बावे र नेपालसँग हङकङ पराजित हुनु पर्नेछ । नेपालले हङकङलाई भारी अन्तरले पराजित गर्दै अफगानिस्तान र हङकङलाई रनरेटमा पछि पार्ने सम्भावना गणितीयरुपमा रहेको छ । तर यो समिकरण कठिन हुने पक्का छ।
नेपालले दिएको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८ दशमलव ४ बलमा ४ विकेटको क्षतिमा पार गरेर गरेको छ । अफगानिस्तानका नाजिबुल्लाह जार्डानले ४७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५१ रन जोडेका थिए । त्यस्तै रहमत खानले ४६ रन र मोहमद नाबीले ३४ रनको योगदान दिए । नेपालका दिपेन्द्रसिंह ऐरीले २ विकेट तथा सन्दिप लामिछाने र करण केसीले १–१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ९४ रनको योगफल तयार पारेको छ । नेपालका लागि कप्तान पारस खड्का ७५ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन जाडे । पारसले ८२ बलमा १० चौका र १ छक्का प्रहार गर्दै उक्त रन जोडेका थिए ।
पारस र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी टिमलाई उकासेका थिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी ३२ रन र आरिफ शेखले २३ रन बनाउनु बाहेक अरु खेलाडि दोहोरो अंकलाई छुन सकेनन् । अफगानिस्तानका महमद नावीले ४ विकेट लिँदा कप्तान रसिद खानले ३ विकेट लिए । नाबीले १० ओभरमा ३४ रन दिए । त्यस्तै शापूर जार्डानले २ विकेट लिए ।