AArya
RUMPUM
animated ellipse animated ellipse

चैत्रको तेस्रो सातामा सहकारीको महासम्मेलन हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०७४, शनिबार १८:३७
3
Shares
डिल्ली पोखरेल
विराटनगर, २६, फाल्गुण / नेपालको सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी माहसंघको आयोजनामा दोस्रो सहकारी महा सम्मेलन चैत्र २० र २१ गते हुने भएको छ ।

प्रत्येक ५ बर्षमा हुने सम्मेलन यस अघि वि.सं. २०७० सालमा पहिलो पटक भएको थियो । दोस्रो महासम्मेलन गर्ने सन्दर्भमा केही दिन अघि काठमाण्डौंमा सम्पन्न सहकारी सवद्ध संघ÷संगठन एवम् निकायहरुको संयुक्त बैठकले सो सम्वन्धि निर्णय गरेको थियो ।

महासम्मेलनमा भाग लिनकालागि अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्को नेपालआउने भएका छन् । ग्वार्कोको नीजि सचिवालयले चैत्र १९ गते देखि चैत्र २३ गते सम्म नेपाल भ्रमण तय भएको कुरा जनाएका छन् । सम्मेलनमा विश्वका ३ दर्जन भन्दा बढी देशको सहभागिता रहने जनाईएको छ । त्यसैगरी विश्व सहकारी अभियानका बिभिन्न निकायवाट महासम्मेलनमा सहभागिता रहने छ ।

काठमाण्डौंमा हुने सो महासम्मेलनमा देशभरीवाट करिव १ हजार २ सय सहकारीकर्मीहरुको सहभागिता रहने राष्ट्रिय सहकारी महासंघले जनाएको छ । सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्न बिभिन्न उपसमितिहरु बनाईएका छन् । सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारी ज्ञाताहरुद्धारा बिभिन्न कार्य पत्रहरु प्रस्तुत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर