खबर पूर्वाञ्चल
प्रतीयोगिताको उद्घाटन राखेप कर्मचारी संघका केन्द्रीय अध्यक्ष रंजन थापा र मारवाडी महिला संगठनकी राष्ट्रिय अध्यक्ष रचना राठीले गरेका थिए ।
मोरङ जिल्ला टेबुल टेनिस संघको सहयोगमा भएको एक दिने स्पर्धाअन्तर्गत ब्वाइज सिंगल्सतर्फ बोधित डीसी प्रथम भए । डीसीले विश्व बानियाँलाई अन्त्यन्तै रोचक खेलमा १०–१२, ८–११, ११–३, ११–८, १५–१३ को सेटमा पराजित गरे । प्रतिकजंग बस्नेत र कृष शर्मा तेस्रो भए । गल्स सिंगल्सतर्फको खेलमा सम्वृद्धि लुइँटेलले रेसिमा बुढाथोकीलाई हराइन । कृपा कार्की र शिल्पा सुबेदी तेस्रो भए । प्रीतयोगितामा ५० भन्दा बढी खेलाडी सहभागिता रहेको थियो ।
न्यू सृष्टि दैनिकले खेलकुद आयोजना गरेर महत्वपूर्ण कार्य गरेको प्रमुख अतिथि थापा, राठी, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँ, टेबुल टेनिसका वरिष्ठ प्रशिक्षक शिवनारायण श्रेष्ठलगायतले प्रशंसा गरेका थिए ।
सातौं वार्षिकोत्सवका अवसरमा यसअघि न्यू सृष्टि दैनिकले तेक्वान्दो आयोजना गरेको थियो । दुबै खेलका विजेतालाई फागुन ३० गते हुने सातौं वार्षिकोत्सव विशेष कार्यक्रममा पुरस्कृत गरिनेछ ।