AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालले दियो अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य, कप्तान पारसले ठोके ७५ रन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०७४, शनिबार १६:३७
3
Shares
विराटनगर, २६ फागुन । आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत महत्वपूर्ण खेलमा नेपालले आफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य दिएको छ । जिम्बावेको बुलावायो एथलेटिक मैदानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ९५ रन दिएको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले ४९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ९४ रनको योगफल तयार पारेको छ । खराव शूरुवात गरेको नेपालका लागि कप्तान पारस खड्का ७५ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन जाडे । पारसले ८२ बलमा १० चौका र १ छक्का प्रहार गर्दै उक्त रन जोडेका थिए ।

पारस र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी टिमलाई उकासेका थिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी ३२ रन र आरिफ शेखले २३ रन बनाउनु बाहेक अरु खेलाडि दोहोरो अंकलाई छुन सकेनन् । अफगानिस्तानका महमद नावीले ४ विकेट लिँदा कप्तान रसिद खानले ३ विकेट लिए । नाबीले १० ओभरमा ३४ रन दिए । त्यस्तै शापूर जद्रानले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर