खबर पूर्वाञ्चल
‘छिट्टै औपचारिकरुपमै प्रवेश गराउँदैछौं,’ नामाकंन र राजधानीमा सरकारले सहजिकरणको भूमिकामात्रै खेल्ने बताउँदै मुख्यमन्त्री राईले भने, ‘प्रदेश सभाको दुई तिहाइले टुंग्याउँछ।’
कसैको दबाब, आक्रोस र भावनामा प्रदेशको राजधानी र नामांकन हुन नसक्ने स्पष्ट पार्दै मुख्यमन्त्री राईले भने, ‘सबैको भावना र प्रस्तावलाई समेट्ने प्रयास हुन्छ।’
काठमाडौंमा शनिबार रिपोर्टर्स क्लवले गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले मिडियामाथि नियतपूर्वक नियन्त्रण गर्ने हिसावले अंकुश लगाउने र निशाना बनाउनु गलत भएको टिप्पणी गरे। ‘सविधानमा पूर्ण प्रेस स्वतन्त्रताको कुरा गरेका छौं,’ उनको भनाइ थियो, ‘प्रेस मुलुकको विकास र समृद्धिको अंग बन्नुपर्छ।’