पूर्वाञ्चल खबर
२०७३ चैतमा भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका प्रधान रिक्त उपाध्यक्ष पदमा भने आज अन्य दुई प्रतिस्पर्धीलाई पछिपारेर विजयी भएका हुन्। महासंघको वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित प्रधान पशुपति मुरारकाको कार्यकालमा समेत जिल्ला नगर उपाध्यक्ष रहेका थिए।
आज महासंघको कार्यलय टेकुमा भएको निर्वाचनबाट उनी विजयी भएका छन्। कुल ९८ मत खसेकोमा उनको पक्षमा ६५ मत प्राप्त भएको थिइ। त्यस्तै अर्का प्रतिस्पर्धी निरक केसीको पक्षमा ३३ मत खसेको छ। प्राधनकै समूहबाट गत वर्ष सम्पन्न महासंघको निर्वाचनमा जिल्ला र नगर उपाध्यक्ष भएका प्रमोदकुमार श्रेष्ठ स्थानीय तहको निर्वाचनमा भाग लिएपछि पद रिक्त भएको थियो।
एमालेको तर्फबाट म्याग्दीको बेनी नगरपालिकाको प्रमुख पदमा चुनाव लडेका श्रेष्ठ यो पदमा पराजित भएका थिए। मेयर पदमा चुनाव लड्न गएपछि यो पद रिक्त थियो। उनले महासंघमा आफ्नो विजयी सम्वन्वयनको कारण भएको बताएका छन्।