खबर पूर्वाञ्चल
जिम्बाबेमा भएको आजको खेलमा नेपालले दिएको १ सय ५० रनको सामान्य लक्ष्य स्कटल्यान्डले ४१ दशमलव ३ बलमा ६ विकेटको क्षतीमा पार गरेको छ । यो पराजयसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना झन् कठिन बन्न पुगेको छ। नेपालले अब हङकङ र अफगानिस्तासँग खेल्न बाँकी छ। यी दुई खेलमा नेपालले जीतका साथै राम्रो रनरेट निकाल्नुपर्नेछ।
स्कटल्यान्डका लागि कप्तान केल कोइट्जरले नटआउट ८८ रनको योगदान दिए। उनले १ सय ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले २–२ विकेट लिंदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे ।
यस अघि टस जितेर ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ४९ रनमा सिमित भएको छ । नेपाल ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भए । ज्ञानेन्द्रलाई साफयान शरिफले बोल्ड गरे । अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भएका हुन् । उनलाई रिची बेरिङटनले एलबिडब्लुको धरापमा पारे । यस्तै दीपेन्द्रसिह ऐरी पनि १ रनमै पेभिलियन फर्के । लगत्तै शरद भेषावकरलाई पनि रिची बेरिङटनले बोल्ड गरे । आरिफ शेख पनी २ रनमा पवेलियन फर्के । आरिफलाई स्टुवार्ड विटिङ्घम ले माथ्यु क्रसको हातबाट क्याच गराएका थिए । बसन्त रेग्मीले अन्त्य सम्म खैल्दैै २४ रनमा नट आउट भए ।
एक समयमा ८ ओभरमा ३९ रनमा ५ विकेट गुमाएको नेपाललाई कप्तान पारस खड्का र सोमपाल कामीले छैटौ विकेटकालागि ९७ बलमा ४२ रनको साझेदारी गर्दै केहि आशा देखाएका थिए । तर नेपालको स्कोर ८१ रन हुदा पारस ६३ रनमा टम सोलको बलमा जर्ज मुन्सीको हातमा क्याच दिन पुगे । पारसले ७५ बलमा १० चौका प्रहार गरि सातौ अर्धशतक प्रहार गरेका छन् । पारसले ’लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गरे। उनी ’लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने। स्कटल्यान्ड विरुद्धको खेलअघि एक हजार रन पूरा गर्न ९ रनले टाढा रहेका पारसले पाँचौ ओभरमा चौका प्रहार गरेर एक हजार रन पूरा गरेका थिए। पारसले ’लिस्ट ए’ का ३० खेल खेल्दा २ शतक र ७ अर्धशतक प्रहार गरेका छन् । त्यस्तै सोमपाल कामी १८ रनमा रन आउट भए । रोहित पौडेलले १५ रन जोडे
स्कटल्यान्डका स्टुवार्ड विटिङ्घमले ३ विकेट लिंदा साफयान शरिफ र एलास्डयर इभान्सले २–२ विकेट लिए । त्यस्तै रिची बेरिङटन र टम सोलले १–१ विकेट लिए ।