AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालले स्कटल्यान्डलाई दियो १ सय ५० रनको रनको सामान्य लक्ष्य, कप्तान पारस खड्का अर्धशतक प्रहार गरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ फाल्गुन २०७४, बिहीबार १६:४३
3
Shares
विराटनगर, २४ फागुन / जिम्बाबेमा जारी विश्वकप छनोट क्रिकेट अन्तरगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ५० रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ४९ रनमा सिमित भएको छ । नेपाल ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भए । ज्ञानेन्द्रलाई साफयान शरिफले बोल्ड गरे । अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भएका हुन् । उनलाई रिची बेरिङटनले एलबिडब्लुको धरापमा पारे । यस्तै दीपेन्द्रसिह ऐरी पनि १ रनमै पेभिलियन फर्के । लगत्तै शरद भेषावकरलाई पनि रिची बेरिङटनले बोल्ड गरे । आरिफ शेख पनी २ रनमा पवेलियन फर्के । आरिफलाई स्टुवार्ड विटिङ्घम ले माथ्यु क्रसको हातबाट क्याच गराएका थिए । बसन्त रेग्मीले अन्त्य सम्म खैल्दैै २४ रनमा नट आउट भए ।

एक समयमा ८ ओभरमा ३९ रनमा ५ विकेट गुमाएको नेपाललाई कप्तान पारस खड्का र सोमपाल कामीले छैटौ विकेटकालागि ९७ बलमा ४२ रनको साझेदारी गर्दै केहि आशा देखाएका थिए । तर नेपालको स्कोर ८१ रन हुदा पारस ६३ रनमा टम सोलको बलमा जर्ज मुन्सीको हातमा क्याच दिन पुगे । पारसले ७५ बलमा १० चौका प्रहार गरे । त्यस्तै सोमपाल कामी १८ रनमा रन आउट भए । रोहित पौडेलले १५ रन जोडे ।

स्कटल्यान्डका स्टुवार्ड विटिङ्घमले ३ विकेट लिंदा साफयान शरिफ र एलास्डयर इभान्सले २–२ विकेट लिए । त्यस्तै रिची बेरिङटन र टम सोलले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर