पूर्वाञ्चल खबर

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले संविधानमा महिला पुरुष बराबर भनेपनि कार्यन्वयन फितलो भएको बताए । उनले सामाजिक रुपान्तरणसंगै महिलाको सहभागिता बढ्दै गएको भएपनि सामाजिक र सास्कृतिक बिभेद भने हट्न नसकेको बताए । मन्त्री घिमिरेले पश्चिममा छाउपढी जस्तो पूर्वमा पनि पहिलो पटक महिनाबारी हुँदा १५ दिन परिवारबाट टाडा राख्ने चलन विद्यमान रहेको भन्दै यसले मानसिक रुपमा महिलाहरुलाई पछाडी धकेल्ने बताए । मन्त्री घिमिरेले महिलाहरुको समान सहभागिताका लागि अन्य पक्षजस्तै आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए ।
त्यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सबै क्षेत्रमा महिलाहरुको तेत्तिस प्रतिशत सहभागिता भनिएपनि कार्यान्वयन हुन नसकेको बताए । उनले महिलाहरुको अधिकार स्थापित हुदै गर्दा बलत्कार, बोक्सी जस्ता अपराधको शिकार हुनु दुखद भएको भन्दै महिलाहरुको सम्मानपूर्वक बाच्न पाउने अधिकारको राज्यले गम्भीर हुनु पर्ने बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विभिन्न पेशा अनुसार महिलाहरुको उन्नतीका लागि छुट्टाछुट्टै काम गर्नुपर्ने बताए । उनले राजनितिमा लागेका महिला, जागिरका लागेका महिला, ब्यापारमा लागेका महिलाका लागि मात्र नभई खान पुग्ने अबस्था नभएका महिलाहरुलाई खान पुग्ने अबस्था सम्म ल्याउने खालका काम गर्नु पर्ने बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी एक नम्बर प्रदेश सभाकी उपसभामुख सरस्वती पोखरेलले अझै पनि महिलाहरु बलत्कार,बोक्सी आरोपमा अपमान, बेचविखन जस्ता समस्यामा परिरहेको भन्दै महिलामाथि हुने यस्ता अपराध न्युनिकरण गर्नु अहिलेको पहिलो आबश्यकता भएको बताइन् । उनले महिलाहरु जकडिएको सामाजिक मानसिकता, शिक्षा तथा आर्थिक अभाव का कारण अपराधको शिकार हुने र सधै प्रताडित भएर बस्न बाध्य भएको भन्दै राजनितिक परिबर्तन संगै सामाजिक सोचमा समेत परिवर्तन गर्न आबश्यक भएको बता । यस अधि विराटनगर महानगरपालीकाबाट र्याली निकालेर वि प्लटमा आएर कार्यक्रम समापन भएको थियो ।