पूर्वाञ्चल खबर
भारत अररिया फरबिसगंन्ज १ का ४५ वर्षीय नारायण शाहआई उक्त रकमसति प्रहरीले आज विहान पक्राउ परेका हो । साहले चलाएको बिआर ११ एए ६२६५ नम्बरको सेतो रंगको कारलाई प्रहरीले चेक जाँच गर्ने क्रममा साहलाई कार सिहित पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
साहले अवैध रुपमा लुकाइ छिपाइ भारतबाट जोगबनी नाका हुँदै विराटनगर उक्त रकम ल्याउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध ढंगले लुकाएर रकम लिएर नेपाल छिरेको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा विराटनगर १५ बाट बिहान ८ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । साहले सो रकम चालकको सिट मुनी लुकाएको अवस्थामा रकम फेला परेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जाकनकारी दिए ।
१ हजार दरका ३४ सय थान, ५ सय दरका २१ सय थान र १ सय दरका ५ सय थान नोट प्रहरीले बरामद गरेको जनाएको छ । एसपी विसिले पक्राउ परेको रकमको विषयमा अनुसन्धान पश्चात सम्पत्ति सुदृढीकरण वा राजश्व अनुसन्धान विभाग काठमाडौमा आवश्यक कारवाहीका लागि पठाउन सकिने वताए ।
नियन्त्रणमा लिएको साहमाथी थप अनुसन्धान भई रहेको .प्रहरी जनाएको छ । हुण्डी कारोबार गर्नेहरुले नै कारण यति ठूलो रकम नेपाल पठाएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।