AArya
RUMPUM
animated ellipse animated ellipse

अपाङ्गमैत्री भवन बनाउ माग राख्दै मन्त्रीलाई ज्ञापनपत्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०७४, मंगलवार ०९:५४
3
Shares
विराटनगर, २२ फागुन /अपाङगता भएका व्यक्तिहरुको लागि पहुचयुक्त भौतिक संचरनाहरु अपाङगता मैत्री हुने पर्ने माग राख्दै प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।

राष्ट्रिय अपाङग महासंघ नेपाल क्षेत्रिय कार्यालय विराटनगरले आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री इन्द्र आङ्बोलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले विभिन्न मागसहितक तीन बुद्धे ज्ञापन पत्र बुझाएका थिए । अपाङगता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका २०६९ पूर्ण रुपमा कार्यन्वयन गर्दै सार्वजानिक संरचना अपाङग मैत्री बनाउनुपर्ने, प्रदेश सरकारकाबाट ऐन कानुनहरु बनाउदा अपाङ क्षेत्रमा कार्यरत संस्था र अपाङगता क्षेत्रका विज्ञहरुको अनिवार्य सहभागिता गराउनु पर्नेलगायतको माग राख्दै मन्त्रीलाई महासंघले ज्ञापनपत्र बुझाएका थिए । राष्ट्रिय अपाङग महासंघका पूर्वाञ्चल संयोजक राम कार्कीले प्रदेश सरकारले बनाउने ऐन कानुनहरु बनाउन अपाङगता क्षेत्रमा कार्यरत संघसस्था तथा ब्यक्तिहरुको सहभागिता गराउन माग गरे ।

उनले अभिभावक नभएका अपाङगता भएका ब्यक्तिहरु र फिजियोथेरापी तथा अन्य परामर्श सेवा प्रवाह आबश्यक रहेका ब्यक्तिहरुलाई अपाङगता पुनरस्थापना केन्द्र, दिवा सेजा केन्द्र संचालन गर्न माग गरिएको बताए । ‘अपाङगता भएका व्यक्तिहरुको लागि पहुचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशका २०६९ स्वीकृत भएको छ,’ कार्कीले भने, ‘भौतिक संरचनाहरु अपाङगमैत्री नहुँदा जनजीवन कष्टकर बनेको छ ।’ उनी थपछन्, ‘अब बन्ने संरचनारु अपाङगता मैत्री हुनुपर्दछ ।’

ज्ञापन पत्र बुझ्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले अपाङगता भएका ब्यक्तिहरुको समस्या बुझेकोले यस तर्फ ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर