AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेशको नाम बहुपहिचानको आधारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ फाल्गुन २०७४, सोमबार २०:१७
3
Shares
विराटनगर,२१ फागुन / लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले एक नम्बर प्रदेशको नाम बहुपहिचानमा आधारमा राख्न माग गरेको छ । मोर्चाले सबैलाई समेटनेगरी प्रदेश नम्बर १ को नाम किरात– लिम्बुवान – कोच राख्न माग गरेको हो ।

माओवादी केन्द्र निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको आज विराटनगरमा बसेको तेस्रो कार्यकालको विस्तारित बैठकबाट एक नम्बर प्रदेशको नाम किरात– लिम्बुवान – कोच राख्न माग गरेको हो ।

एक नम्बर प्रदेशको बहुजातिय , बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतालले भएको प्रदेश भएका कारण एक नम्बर प्रदेशमा आदिमकालदेखि आदिवासी लिम्बूहरुले एक नम्बर प्रदेशका ९ वटा जिल्लामा आफ्नो शासन सञ्चालन गर्दै आएकोले यसलाई किरात लिम्बुवान – कोच प्रदेश नाम राख्नु पर्ने लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले बताए ।

नेपालको संविधानले भाषालाई मातृभाषाको रुपमा स्वीकार गरीसकेका कारण प्रदेशको सरकारी कामकाजको भाषा पनि लिम्बुभाषा र लिपी श्रीजङगा लिपीलाई तोक्न प्रदेशसभा सरकारसंग माग गरेका छन् ।

यसैविच लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रिय समितिले लिम्बु जातिको जातिको भाष तथा लिपीको संरक्षण संम्बद्र्धन एव्म विकासका निम्ती एक नम्बर प्रदेश स्तरिय श्रीजङगा विश्व विद्यालय स्थापनाको लागी पनि प्रदेश सरकारसंग माग गरिएको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रिय समितिका महासचिव पकन्दी लिम्बुले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर