खबर पूर्वाञ्चल
यसअघि विराटनगर ११ मा भाडामा रहेको पार्टी प्यालेसले आफ्नै भवन निमार्ण गरि सरेको हो । नवनिर्मत भवनको उद्घाटन वैशाख ८ गते गर्ने तयारी गरिएको हो ।
पार्टी प्यालेस परिसरमा आज पत्रकार सम्मेलन गरि होटल बन्द गरिएको १४ महिनापछि आफ्नै भवन निर्माण गरि सरेको जानकारी दिएको छ । साढे चार कठ्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधा सम्पन्न भवन बनाएको छ । कंन्चनजंगा पार्टी प्यालेसमा सेमिनार, गोष्ठी र विवाह पार्टीको लागि उपयुक्त हुने सभाहलहरू साइज अनुसारको बनाएको छ ।
अहिले दुई वटा सभाहल बनाइएको छ भने पाहुनाका लागि ३० कोठाको विद्युतीय भ¥याङ सहितको पाँच तल्ले भवन आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्यले कार्य भैरहेको पार्टी प्यालेसका संचालक भोला बरालले जानकारी दिए । ‘पाँच सय क्षमताको ठूलो सभाहल रहेको छ,’ संचालक बरालले भने, ‘अर्को मिनी हल पनि छ । त्यसमा १ सय ५० जना क्षमताको रहेको छ ।’ बन्न लागेको होटलमा एसीसहितको ३० वटा कोठा रहने छ । ‘होटलको कोठाहरू सुविधा सम्पन्न सबै एसी जडान हुने छ ’ उनले भने ।
नवनिर्मित भवन अपाङ्गता मैत्री निमार्ण गरिनेछ । ‘अपाङ्गगता भएका व्यक्तिहरूको सहजतालाई पनि ध्यानमा राखेर हामीले होटल बनाएका छौं,’ उनले भने, ‘सभा हलदेखि होटलका केठाहरूमा पुग्न सहजता होस भनेर अपाङ्गगता मैत्री रहेको छ ।’
सोहि अवसरमा सञ्चालक बरालले नेपाल पत्रकार महासङ्घ मोरङका नव निर्वाचित अध्यक्ष सन्जिव लगायतका निर्वाचित पदाधिकारीहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरे ।
हार्दिक बधाई तथा शुभकामना।