RUMPUM
animated ellipse animated ellipse

सात वर्षमा दुई लाख ३१ हजार पासपोर्ट हराए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७४, बिहीबार ०६:५७
3
Shares
काठमाडौं,१७ फागुन/ मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी भएयता सात वर्षको अवधिमा २ लाख ३१ हजार २ सय २७ पासपोर्ट हराएका छन् ।

यो तथ्यांक सरकारी रेकर्डमा आएको मात्र हो, हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुन सक्छ । हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकुन भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’ लाई गराएको छ ।

‘सन २०११ देखि २०१८ को जनवरीसम्म २ लाख ३१ हजार २ सय २७ जनाले आफ्नो पासपोर्ट हराएको भन्दै नयाँ पासपोर्ट लिएका छन्,’ परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने, ‘हराएका पासपोर्टमा पुराना हस्तलिखित र नयाँ मेसिनले पढ्नसक्ने दुवै छन् ।’नागरिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर