खबर पूर्वाञ्चल
स्कूल परिसरमा आज एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुले बनाएको सामाग्रीको प्रर्दशनी गरिएको हो ।
कक्षा पाँचसम्म अध्ययरत विद्यार्थीहरुले आफैले बनाएको कलात्मक, चित्रकला, हस्तकलाको सामाग्रीको साथै विज्ञानसँग सम्बन्धी सामाग्रीहरुसमेत प्रर्दशनीमा राखेका थिए । उनीहरुले प्रदर्शनीमा राखिएको समाग्रीको अवलोकन आफ्नो अभिभावक, सहभागि अतिथि, स्कूलका शिक्षकहरुले गरे । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रर्दशनी गरेको स्कूलका प्रिन्सिपल सीतला सुब्बाले जानकारी दिइन् । ‘यस्तो प्रर्दशनीले विद्यार्थीहरुमा क्षमताको अभिवृद्धती हुन्छ,’ स्कूलका प्रिन्सिपल सुब्बाले भनिन्, ‘यस्तो कार्यक्रम अक्तिरिक्त क्रियाकलापको रुपमा राख्दछौं ।’