AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध सिङ्गिङ स्टार सिजन ३ को उपाधी एन्जललाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ फाल्गुन २०७४, बुधबार १९:४४
18
Shares
विराटनगर, १६ फागुन / लर्डबुद्ध सिंगीन स्टार सिजन थ्री को उपाधि एन्जल यादवले जितेका छन् । सिंगीन स्टारको उपाधिसँगै एन्जलले ट्रफि तथा सतप्रशित छात्रवृती पाए ।यादबले ९ जना प्रतिस्प्रर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

लर्डबुद्ध बोर्डिङ स्कूलको आयोजनामा आज विराटनगरमा सम्पन्न भएको प्रतियोगिताको फस्ट रनरअप साहाङ राई भए भने सेकेण्ड रनरअप मेघा साह घोषित भए । फस्ट र सेकेण्ड रनरअप हुनेले क्रमशक : ७५ र ५० प्रशित छात्रवृती पाएको स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगिताको फाइनलमा १० जनाले प्रतिस्पर्धा गरेका थिए ।

बिजेता हुनेलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, गायक रामा मण्डल, स्कूलका प्रिन्सिपल श्रेष्ठलगायले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा गायक ज्योति सुब्बा र सुमन श्रेष्ठ रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर