AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीमनकामनाको वार्षिक उत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७४, बुधबार १९:३०
36
Shares
विराटनगर, १६ फागुन / विराटनगर १५ मा रहेको मनोकामना सेकेन्डरी ईङलिस बोडिङ्ग स्कुलले आफ्नो १४ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । स्कुलले आज विभिन्न सास्कृतीक कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो ।

वर्षिक उत्सवमा विद्यार्थीहरुले नृत्य,गायन,हास्य विधा,कविता वाचनलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

स्कूलका निर्देशक ईन्द्रनारायण साहकोे सभापतित्वमा सम्पन्न बार्षिक उत्सवका प्रमुख अतिथि एन प्याब्सन मोरङका सल्लाहाकार राजन छाराहाङ, एन प्याब्सन प्रदेश १ का सल्लाहाकार कुमारविक्रम खवास र स्कूलका प्रिन्सिपल ओमकुमार आर्चायलगायतले बोलेका थिए ।

बार्षिक उत्सवको अवसरमा स्कूलको आन्तरीक परिक्षामा उत्कृष्ट भएका विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा अब्बल हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर