खबर पूर्वाञ्चल
मोरङ, झापा र सुनसरीका लागु औषध पुर्नस्थापना संघले विराटनगरमा आज सयुक्त पत्रकार सम्मेलन गरी ग्लोवल फण्डले राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको एचआईभी कार्यक्रम प्रस्ताव आवह्रान एकलौटी र विवेधपुर्ण रहेकाले प्रस्ताव तत्काल र्फिता गर्न माग गरेका छन ।
मोरङ , सुनसरी र झापाका ५० वटा संस्थाले विरोध गरेकाले प्रस्ताव र्फिता लिन माग गरेका छन । मुलुक संघियतामा गइसकेको अवस्थामा अझैपनी केन्द्रमा वसेर गरिएको उक्त प्रस्तावले चरम आर्थिक खेलका लागि भएको निहित स्वार्थकालागि आएको प्रस्तावले एचआईभि क्षेत्रमा प्रभावकारी काम गर्न नसक्ने मोरङ पुर्नस्थापना संघका अध्यक्ष प्रविन वस्नेत जानकारी गराए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले केन्द्रवाट नभई प्रत्येक जिल्ला जिल्लामा रहेका केन्द्रहरुवाट प्रस्ताव माग गर्न पाउनु पर्ने माग गरेका छन् । एचआईभिका लागि काम गर्न यसवर्ष नेपाल सरकारलाई २२ मिलियम डलर आएको समेत जानकारी गराए । नेपाल सरकारको मातहतमा रहेको सिसिएम नामक संस्था मार्फत ग्लोवल फण्डवाट प्राप्त भएको परियोजनालाई सेभ द चिल्ड्रेनले प्राप्त गरेको परियोजनाको व्यापक दुरुपयोग भइरहेको सुुनसरी अध्यक्ष संजिव राई जानकारी गराए । सो अवसरका टुरिष्ट संस्थाहरुलाई काधमा वोकेर स्थानिय संस्थाहरुलाई सफाया गर्न खोजिएकाले त्यसका विरुद्ध कडा आन्दोलनमा उत्रने झापाका अध्यक्ष पवन विष्टले चेतावनी दिए ।