पूर्वाञ्चल खबर
सभामुखको अध्यक्षता तथा उपसभामुख र कानुनमन्त्री पदेन उपाध्यक्ष रहनेगरी गठन भएको ११ सदस्यीय समिति गठनको प्रस्ताव बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले गरेका थियो । समितिमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहेका छन् । समितिमा नेकपा एमालेका इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी र जयमाया गजमेर, नेपाली काँग्रेसका केदार कार्की, माओवादी केन्द्रका मोहनबहादुर खड्का, संघीय समाजवादी फोरमका जयराम यादव, राप्रपाका इन्दीरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे रहेका छन् ।
समितिले प्रदेशसभाको अन्तरिम कार्यविधिको दफा १५ बमोजिक सभाको बैठकमा पेश हुने विषयहरुको प्राथमिकता र समयअवधिको निर्धारण गर्नेछ । यस्तै प्रदेशसभा बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने र सभामुखले आवश्यक ठह¥याएको विषयमा परामर्श दिने काम पनि समितिले गर्नेछ ।
सोमबारकै बैठकले प्रदेशसभाको कार्यसञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न तथा विभिन्न समितिहरुको गठन, काम कारवाही र अन्य कुरा नियमित गर्नका लागि ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । अन्तरिम कार्यविधिबाट सञ्चालन हुँदै आएको प्रदेशसभाले आफ्नो नियमावली बनाउने बनाउने प्रक्रिया थालेको हो ।
नियमावली मस्यौदा समितिमा एमालेका लिलाबल्लभ अधिकारी, उत्तमकुमा बस्नेत, एकराज कार्की र सावित्रा रेग्मी, नेपाली काँग्रेसका सुर्यमाराज राई र शान्तादेवी पौडेल, माओवादी केन्द्रका झलकबहादुर मगर र रामकुमार राई, संघीय समाजवादी फोरमका रामचन्द्र लिम्बू, राप्रपाका इन्दिरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे रहेका छन् । प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समिति गठनबारेको प्रस्ताव एमाले सांसद बुद्धिकुमार राजभण्डारीले राखेका थियो भने काँग्रेसका सांसद ज्योति सुब्बाले समर्थन गरेका थिए।
यसघि बैठकमा सभामुख भण्डारीले प्रदेश मन्त्रीपरिषद गठनबारे प्रदेश प्रमुखको पत्र संसदमा पढेर सुनाए भने मुख्यमन्त्री शेरधन राईलाई सरकारका प्राथमिकता र कामकारबाही बारे सदनलाई जानकारी दिन समय उपलब्ध गराएका थिए। नियमित विजनेश नभएकोले संसद बैठक तीन साताको लागि स्थगित भएको छ । संसदको अर्को बैठक चैत ७ गते १ बस्ने सभामुख भण्डारीले जानकारी दिए। जनविद्रोह दैनिकमा समाचार छ ।