AArya
RUMPUM
animated ellipse animated ellipse

जनता बहुमुखी क्याम्पस अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७४, सोमबार १८:५१
3
Shares
सुनसरी, १४ फागुन / जनता बहुमुखी क्याम्पस इटहरी एक नम्बर प्रदेशस्तरिय एक्सपर्ट अन्तर कलेज स्तरीय लिगकम नकआउट क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

आज भएको खेलमा सुष्मा गोदावरी कलेजलाइ १० रनले पराजित गर्दै जनता क्याम्पस अन्तिम चारमा प्रवेश गरेको हो । लगातार दुई खेलमा विजयी हुँदै जनता क्याम्पस समुह क को बिजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको जनता क्याम्पसले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गमाउँदै १ सय २७ रनको स्कोर खडा गरेको थियो । जसमा मनिष दाहालले सर्वाधिक ३० रन बनाउँदा बिकेश बञ्जराले १५ रन, एञ्जल थापाले १३ रन र सन्दिप खड्काले ११ रन बनाए । शुष्मा कलेजका रोशन तुवाइले ३ विकेट र उज्वल श्रेष्ठले २ विकेट लिए ।

जवाफमा १ सय २८ रनको बिजयी लक्ष्य लिएर ब्याटिङ गरेको शुष्मा कलेज निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो । जसमा म्यान अफ द म्याच सरोज कटुवालले सर्वाधिक ५५ रन बनाए पनि हार टार्न सकेनन । सुष्मा कलेजका बब्लु झाले १९ रन बनाएर कटुवाललाई साथ दिएपनि अन्य खेलाडीले दोहोरो स्कोरको रन जोड्न नसक्दा जनता क्याम्पस बिजयी भएको हो । जनताका उज्वल श्रेष्ठले २ विकेट लिए ।

यस्तै सोमबार नै सम्पन्न दोस्रो खेलमा बिश्वआदर्श कलेजले शिक्षादिप कलेज बिराटनगरसँग बराबरी खेल्दै अंक बांडेको छ । सेमिफाइनल प्रवेश गर्न समुह ख मा रहेको बिश्वआदर्शले मंगलबार हुने शिक्षादिप र कस्तुरी कलेज बिचको नतिजा कुर्नु पर्ने हुन्छ । सोमबार नै भएको रोमाञ्चक खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बिश्वआदर्शले निर्धारित १८ ओभरको खेलमा १६ दशमलव ५ बलमा सवै विकेट गुमाई ९३ रनसिमित भयो । जसमा निशन महतले २२ रन बनाउँदा धिरेन कुमारले १६ रन, सेमन्त रेग्मीले १४ रन र प्रवेश प्रधानले १३ रन बनाए ।

शिक्षादिपका आयुस ओडारीले ३ विकेट तथा अनुज यादव र प्रनिष पौडेलले २–२ विकेट लिए । प्रतिउत्तरमा ९४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको शिक्षादिप कलेजले निर्धारित १८ ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ९३ रन मात्र जोड्न सकेपछी खेल टाइ भएको हो । शिक्षादिपका लागी रेवती यादवले १९ रन बनाउँदा रितेश माझीले १६ रन र बालकृष्ण यादवले १५ रन बनाए । विश्वआदर्शका भुपाल लुइटेल, निश्चल भटराइ र अंकित गुरागाइले १–१ विकेट लिए । सो खेलको म्यानअफ द म्याच बिश्वआदर्शका निशन महत घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल सुष्मा कलेज र कोशी कलेज इटहरी बिच हुनेछ भने दोस्रो खेल शिक्षादिप कलेज बिराटनगर र कस्तुरी कलेज इटहरीबिच हुने प्रतियोगिता संयोजक एवम सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले बताए । प्रतियोगिता नेपालय इन्टरनेशनल काठमाण्डौको आयोजनामा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर