AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालय स्तरीय फुटसलको उपाधि अपर्णलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७४, आईतवार १८:१३
3
Shares
विराटनगर, १३ फागुन / प्रथम अन्तर विद्यालय स्तरीय फुटसल कप प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अपर्ण बोर्डिङ स्कूलले जितेको छ ।

विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्गआउटको खेलमैदानमा आज सम्पन्न भएको फाइनलमा पोखरीया स्कूललाई ७–४ गोल अन्तरले पराजित गरी अपर्ण स्कूलले फुटसलको उपाधि जितेको हो ।

जितका लागि अपर्णका युगल कार्कीले चार गोल र उत्सव कार्कीले ३ गोल गरे भने उपबिजेता बनेको पोखरीया स्कूललका कौशल तामाङले दुई गोल तथा अनिस कोइराला र केशव श्रेष्ठले १÷१ गोल गरेका थिए ।

फाइनलको म्यान अफ द फाइनल अपर्णका युगल कार्की घोषित भए । प्रतियोगिताको अनुसाशित टिम विराटनगरमा रहेको गोदावरी बोर्डिङ स्कूल भयो । विजयी हुने खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि हिसान मोरङका अध्यक्ष बलराम पन्त, मोरङ फुटबल संघको उपाध्यक्ष विमलराज भण्डारी, डाइनामिक एजुकेशनका प्रमुख मनिष सहनी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष विष्णु डंगोललगायतले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस प्रतियोगिताको आयोजना एमएचयन, प्याब्सन मोरङ, प्याब्सनको क्षेत्र नम्बर १, २, ३ र लायन्स क्लब अफ विराटनगर एकाडेमी, लायन्स क्लब अफ विराटनगर फ्यिूजनले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर