खबर पूर्वाञ्चल
विराट आदर्श साहित्य मञ्चको आयोजनामा गुरुकुलमा तीन दिनसम्म उक्त नाटक मञ्चन हुने भएको हो ।
मुनामदनको नाट्य रुपान्तरण दिपक कटुवालले गरेका हुन भने निर्देशन सुनिदप कार्कीले गरेका छन् । महाकवि देवकोटाले कृति ‘मुनामदन’ नाटकमा रुपान्तरण गरी रङकर्मीमा डेब्यू गरेका कलाकारले नाटक हेर्न आउने दर्शकलाई आज भावहिवन बनाए । मुनाको भूमिका सरु कटुवाल र मदनको भूमिकामा लोकेश दंगालको उत्कृष्ट अभियन प्रस्तुत गरे । मनुामदन कथा अनुसारको नाटकमा कलाकारले मार्मिक तरीकाले अभिनय प्रस्तुत गर्दा दर्शकहरु भावहिन बने । दुई महिनासम्म प्रशिक्षण दिएर अभियनमा उतारीएको कालाकारहरुको तारिफ योग्य अभियन प्रस्तुत गरे ।
डेढ घण्टासम्म मञ्चन हुने नाटकमा दुई जना बाहेक सबै नवप्रवेशी कलाकाहरु हुन् । उक्त नाटकमा सरु कटुवाल, लोकेश दंगाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लोकेश राईले अनिभय गरेका छन् । यस नाटकमा अभियन गर्ने मनाहाङ र अनु थ्रेटरका कालाकारहरु हुन भने अन्य नवप्रवेशी हुन् ।
विराट आदर्श साहित्य मञ्चले मञ्चन सुरु गरेको मुनामदन नाटक तेस्रो प्रस्तुती रहेको प्रमुख सल्लाकार मिनकुमार नवोदितलले जानकारी दिए । नाटक मंगलबारसम्म सञ्चालन हुने नाट्य संयोजक कमल पोख्रेलले बताए । प्रत्येक दिन २ वटा शो हुनेछ । यूवा पुस्तालाई साहित्य क्षेत्रमा अभिरुची बनाढाउन नाटक मञ्चन गरिएको पोख्रेलले बताए ।
नाटकको उद्घाटन प्रदेश १ को सामाजिक विकास मन्त्री जीवन घिमिरले गरेका थिए । नाटकको उद्घाटन गर्दै उनले भाषा, साहित्यको विकास र प्रवद्र्धनमा प्रदेश सरकार कठिबद्ध भएर लागि पर्नेमा विश्वास व्यक्त गरे ।