AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरपालिका कालेपत्रे सडकहरु धुुलो रहित हुुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०७४, शुक्रबार १८:४५
3
Shares
कुुमोद अधिकारी
विराटनगर, ११ फागुुन / विराटनगर महानगरापालिकाका सडक अव धुुलो रहित हुुने भएको छ ।

सडकमा रहेको धुुलो तान्ने मेशिन महानगरपालिकाले प्रयोगमा ल्याउन भएकाले सडकहरु धुुलो रहित हुुन लागेको हो । विराटनगरमा भइरहेको विकास निमार्णको क्रममा हुुने धुुलोका कारण सर्वसाधारणहरुले सास्ती व्योर्हनुु परेपछी महानगरपालिकाले धुुलो सफागर्ने मेशिन प्रयोगमा ल्याउन लागेको हो ।

मेशिनले कालोपत्रे भएका सवै सडकहरुको धुुलो सफागर्ने तथा धुुलो तान्ने भएकाले केही भएपनी धुुलोवाट विराटनगरवासीलाई राहत पुुग्ने जनाइएको छ । करिव दुुई करोड मुुल्य पर्ने उक्त धुुलो तान्ने मेशिन खरिदका लागी महानगरपालिकाले टेन्डर प्रक्रिया अघि वढाई सकेको मेयर भीम पराजुुलीले वताए । मेशिन खरिदका लागी प्रक्रिया अघि वढि सकेकाले चाडै मेशिन आउने र विराटनगर सडकहरुमा प्रयोग हुुने जनाएको छ ।

विराटनगर महानगरपालिकाले नेपालमै पहिलो पटक धुुलो सफा गर्न मेशिन प्रयोगमा ल्याउन लागेका विराटनगर महानगरपालिकाको दावी छ । सवैतिर विकासका निमार्णको काम भइरहेकाले सडक सफा गर्न पनी मेशिन आवश्यक रहेको मेयर पराजुुलीको भनाई छ । मेशिन आएपछी धुुलो सफा गर्न कालेपत्रे गरिएको सवै सडकमा मेशिन प्रयोगमा ल्याइने उनले वताए ।

सडक वन्ने क्रममा होस वा सडक वनेपछी विराटनगरका लागी मेशिन उपयोगी हुुने मेयर पराजुुलीको भनाई छ । यसैगरी महानगरपालिकाले एउटा ग्रेडर, ट्रिपर तथा पानी पटााउनका लागी टेंकर समेत खरिद गर्न लागेको जनाएको छ । विकास निमार्णका लागी प्रयोगमा आउने उक्त साधनको खरिद प्रक्रिया समेत अघि वढेको मेयर पराजुुलीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर