AArya
RUMPUM
animated ellipse animated ellipse

कोदो फल्ने गीतको छायाकंन सकियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० फाल्गुन २०७४, बिहीबार १७:५६
3
Shares
उर्लाबारी, १० फागुन / गायक सक्थिम योङयाको स्वरमा रहेको आधुनिक गीत ‘कोदो फल्ने’को मोरङको मिक्लाजुङमा छायाकंन गरिएको छ ।

मिक्लाजुङ स्थित टाँडीको कोदोबारी लगायतका स्थानमा छायाकंन गरिएको गीतमा शव्द, संगीत प्रकाश राईको रहेको छ भने निर्देशन पूर्वका व्यस्त निर्देशक भूपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् भने छायाकंन पनि निर्देशक आफैले गरेका छन् ।

विशाल सेनेहाङ लिम्बु र प्रिया लिम्बुले भिडियामा अभिनय गरेको छन् । निर्देशक तुम्बाहाम्फेका अनुसार गीतको भावलाई भिडियोले न्याय गरेको अनि कलाकारको उत्कृष्ट अभिनयले अझ भिडियो शसक्त बनेको छ ।

लामो समयदेखि हङकङ बस्दै आएका गायक याङयाले नेपाल आएको अवसर पारेर यस गीतको भिडियो छायाकंन गराएका हुन् । नेपाली गीत संगीतमा लामो समयदेखी सक्रीय रहदै आएका गायक याङयाका अनुसार गीतको भिडियो केही दिनमा नै बजारमा ल्याउने तयारी भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर