AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राईको अन्तिम आयामको विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७४, बिहीबार १७:५१
63
Shares
विराटनगर, १० फागुन / कथाकार सरण राईद्वारा लिखित अन्तिम आयाम कथासंग्रहको विराटनगरमा विमोचन गरिएको छ ।

आज आयोजित कार्यालयमा १ नम्बर प्रदेशका प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गरे । लिटेरेटी एसोसिएसन धरानको आयोजनामा प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा तुम्बाहाङले कथा संग्रहको विमोचन गरेका हुन् । साढे चार दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय राईका यसअघि विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित भइसकेका छन् ।

पाँच पोखरी प्रकाशन गृह काठमाडौंले प्रकाशित गरेको संग्रहमा विभिन्न विषयवस्तुलाई समेटेर लेखेका १७ वटा कथा छन् । डा. गोपाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. टंक न्यौपाने, रमेश शुभेच्छुक र भोलानाथ पोखरेलले समीक्षा गरेका थिए । कथामा वृद्धवृद्धाका समस्या र संरक्षण अभावलाई सशक्त रुपमा उठान् गरिएको उनीहरूले बताए ।

कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, कविराज न्यौपाने, गोकुल अधिकारी, अग्रज पत्रकार शिवबहादुर कार्कीलगायतले राईको कथासंग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर