खबर पूर्वाञ्चल
एकता यूवा क्लब सुन्दरहरैचा मोरङको आयोजनामा फागुन १२ देखि १९ गतेसम्म सुन्दरहरैचा–९ मा रहेको प्रस्तावि इन्द्रपुर रंगशालामा प्रतियोगिता हुने भएको हो ।
आयोजक समितिले आज विराटचोकमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मुल समारोह समितिको अध्यक्ष केशव अधिकारीले जानकारी दिए । ‘सुन्दरहरैचा गोल्ड कप प्रतियोगिता पहिलो पटक हुन लागेको हो,’ उनले भने, ‘यस प्रतियोगिता भव्य र सभ्य हुनेछ ।’ प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ ।
गोल्डकपमा एफसी सयत्री, यासोक पाँचथर, एपिएफ झापा, १ नम्बर प्रदेश प्रहरी टिम रानी विराटनगर, एलेभेन एरोज सुनसरी, गाईघाट एफसी उदयपुर, काकडभिट्टा टे«निङ सेन्टर, आयोजक एकता यूवा क्लब मोरङ र द सेभेज युथ क्लब धनकुटाको सहभागिता हुनेछ । गोल्डकपको बिजेता १ लाख ५१ हजार १ सय ११ तथा ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
प्रतियोगिताको हाइस्कोर, उत्कृष्ट खेलाडि, बेस्ट मिड फिल्डर, बेस्ट डिफेन्डर, उदयमान खेलाडी तथा बेस्ट गोल किपर र दैनिक रुपमा हुने म्यान अफ द म्याच खेलाडीहरुलाई नगद २ हजार ५ सय सहित ट्रफि प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनको दिन शनिबार एफसी सयपत्री यासोक पाँचथर र एपीएफ दमक झापा बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।