AArya
RUMPUM
animated ellipse animated ellipse

यूवालाई विकासको बाटोमा लाग्न मुख्यमन्त्रीको सुझाव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७४, सोमबार १८:३०
3
Shares
तस्वीर -पुष्पराज थपलिया
विराटनगर,७ फागुन/प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आन्दोलनको बाटो छोडेर यूवाहरु विकास निर्माणमा लाग्नु पर्ने बताएका छन् ।

यूवा संघ नेपाल १ नम्बर प्रदेशको विराटनगरमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राईले अब आर्थिक समृद्धिको दिशामा बढ्न युवाहरुलाई सुझाव दिएका हुन् । उनले राजनीतिक अधिकार प्राप्तीमा यूवाहरुको भूमिका भए जस्तै आर्थिक समृद्धि प्राप्त पनि युवाकै जिम्मेवारी रहेको बताए ।

यूवा संघ नेपाल १ नम्बर प्रदेशका इन्चार्ज एवं केन्द्रीय सचिव पर्शुराम बस्नेतले प्रदेश सरकारले यूवा लक्षित कार्यक्रमसहितको बजेट ल्याउनु पर्ने सुझाव दिए । यूवा संघ नेपालको छ वर्ष अगाडी भएको अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पुनः महाधिवेशन नभएपछि प्रदेश नम्बर १ को पहिलो सचिवालय बैठकले तत्काल महाधिवेशन गर्नु पर्ने माग गरेको छ । बैठकमा सहभागि १४ जिल्लाका अध्यक्षहरुले संघीय संरचनाको आधारमा कमिटी प्रणालीलाई व्यवस्थित गर्दै तत्काल महाधिवेशनमा जानु पर्ने बैठकमा धारणा राखेका मोरङका अध्यक्ष मुकेश बुढाथोकीले जानकारी दिए ।

कार्यक्रमको अवसरमा १ नम्बर प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र कृषि, उद्योग तथा वन मन्त्री जगदीश कुसियतलाई सम्मान तथा स्वागत गरेका थिए । एमाले निकट यूवा संघ नेपालको प्रदेश नं १ को सचिवालय बैठकले सीमावर्ती भारतीय वजारमा नेपाली ग्राहकले खरिद गर्ने परम्परा र त्यसले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव न्युनीकरण तथा अन्त्य गर्ने सवालमा प्रदेश तथा संघिय सरकारलाई ध्यानकर्षण गराउने निर्णय गरेको छ ।

आज विराटनगरमा वसेको सचिवालयको बैठकले भारतीय पक्षद्धारा तराईका विभन्न जिल्लाहरुमा सीमा मिचिएको सवालमा सरकारलाई गंभिर ध्यानकर्षण गराउने निर्णय गरेको हो । बैठकले तीनवटै सरकारको संचालन, वजेट विनियोजन तथा नीति एवं कार्यक्रम संवन्धि अन्र्तक्रिया सञ्चालन गर्ने, जवजको रक्षा विकास र प्रयोगको सन्र्दभमा पार्टी नेतृत्वलाई अडिग रहन जोडदार माग गरेको छ । सचिवाल बैठकले सरकारी कार्यालयहरुमा सेवा ग्राहीहरुले भोग्नु परेको ढीला सुस्ती भ्रष्टाचार लगायतका कु–संसकारको अन्त्यका लागि खवरदारी गर्ने निर्णय गरिएको युवा संघ मोरङका अध्यक्ष मुकेश वुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर