RUMPUM
animated ellipse animated ellipse

ग्रेडेडका विशाल भए एसबीएससी चिलत्रकलाको प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७४, सोमबार १५:३७
3
Shares
विराटनगर, ७ फागुन / संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले आयोजनामा भएकोे ‘एसबीएससी चित्रकला’ प्रतियोगिताको सिनीयतर्फको प्रथम विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कूललका विशाल पौद्धार भएका छन् ।

प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा आज सम्पन्न भएको उक्त प्रतियोगिताको सिनियरतर्फको द्धितीय सुन्दरहरैचा नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कूलका अनोमल राई, तृतीय विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमीका उमेश दाहाल, चौथो सगरमाथाका हिमाङसु कर्ण र पाँचौ दिपक यादव घोषित भए । त्यस्तै जुनियरतर्फको प्रथम विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमीका सौगात घिमिरे, द्धितीय सुमिजुवर स्कूलका प्रज्वल राई, तृतीय विराटनगरमा रहेको सुम्निमा बोर्डिङ स्कूलका मनोज राजवंशी, चौथो उर्लाबारीमा रहेको चिल्डे«ेन एकाडेमीका गरिमा श्रेष्ठ र पाँचौ मदरल्याण्डका निशान्त साह घोषित भए ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा जिल्लाभरीको निजी विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुले भाग लिएको सहकारीका अध्यक्ष विष्णु डंगोलले बताए । प्रतियोगिताको निर्णायकहरुमा निवास पोखरेल र जेपी चौधरी रहेका थिए ।

कार्यक्रममा बोल्दै निर्णायक निवास पोखरेले चित्रकला एउटा व्यवसाय भएकोले यसको विकास स्कुल तहदेखि गर्नु पर्ने बताए । विजेता हुने विद्यार्थीहरुलाई प्याब्सन मोरङका कोषाध्यक्ष तथा सहकारीका प्रमुख सल्लाकार इन्द्र राई, सदस्य डिबी बस्नेत, सहकारीका अध्यक्ष डंगोल, उपाध्यक्ष मोहन बुढाथोकी र सहकारीका जयन्ती प्रधानलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर