RUMPUM
animated ellipse animated ellipse

मोरङमा फागुन १२ गतेदेखि हाक्तिपाइलेको औषधि खुवाउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७४, आईतवार २०:१४
3
Shares
विराटनगर, ६ फागुन / जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सातौ चरणको राष्ट्रिय हाक्तिपाइले रोग निवारण कार्यक्रम मार्फत मोरङमा ८ लाख ९ हजार १ सय ९१ जनालाई हाक्तिपाइलेको औषधि खुवाउने भएको छ ।

यहीे फागुन १२ देखि १४ गतेसम्म मोरङको विभिन्न स्थानबाट स्वास्थ्यकर्मीहरुले हाक्तिपाइले औषधि खुवाउन जनस्वास्थ्य कार्यालयले विराटनगरमा आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मोरङको एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकाहरुबाट एक साथ हाक्तिपाइलेको औषधि खुवाउने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले जानकारी दिए । मोरङमा ९ सय २३ जना हाक्तिपाइलेका विरामी रहेको कार्यालयले जनाएको छ ।

फागुन १२ गतेदेखि सुरु हाक्तिपाइले रोग निवारण कार्यक्रममा ४ हजार ४ सय ७ जना स्वयम सेवक, ४ सय ९९ जना स्वास्थ्यकर्मीहरु परिचालन गर्ने बताइएको छ । कार्यालयको अनुसार २ हजार ७ सय ८९ स्थानबाट हाक्तिपाइलेको औषधि खुवाउने कार्यलय प्रमुख मेहताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर