AArya
RUMPUM
animated ellipse animated ellipse

एकता र सरकारमा प्याकेज सहमतिको तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७४, आईतवार ०६:५०
3
Shares
फाइल तस्वीर
काठमाडौं,६ फागुन / एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् ।

प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ ।

‘एकता र सरकार गठन टुंगो लगाउने गरी सकारात्मक दिशामा छलफल अघि बढेको छ,’ छलफलपछि प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘आइतबार पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुन्छ ।’

दुई पार्टीबीच एकताका लागि सैद्धान्तिक–वैचारिक पक्षमा केन्द्रित रहेर गत बुधबार छलफल भए पनि दुई दिनयता सरकार गठनका कारण स्थगित वार्ता अघि बढ्न सकेको थिएन । तर, शनिबार प्रधानमन्त्रीको निजी निवास बालकोटमा ओली र प्रचण्डबीच ‘वन अन वन’ वार्तापछि दुवै नेताबीच आइतबार एकतावार्तापछि दुवै नेताबीच आइतबार एकता संयोजनको बैठकबाट सबै विषय टुंगो लगाउने गरी छलफल गर्ने समझदारी भएको छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेताबीच समग्र विषयमा भएको छलफल सकारात्मक रहेकाले एकता संयोजनको बैठकमा प्याकेज छलफल गर्ने समझदारी भएको छ  । यो खबर नयाँ पत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर