पूर्वाञ्चल खबर
पूर्वी मोरङको पर्यटकिय स्थल बेलबारीमा रहेको बेतना सिमसारमा आज बसेको समुहको पहिलो बैठकबाट अनलाईन मोरङले विभिन्न विषयमा छलफल कार्य समिति बिस्तार गर्ने देखि कार्यक्रमको योजना बनाउने समेतको निर्णय भएको छ ।
राज्य पुनसंचना संघीयतामा गएसगै अनलाईनलाई पनि अन्यसञ्चार माध्ययम सरह अगाडि बढाउने भएको छ । साथै मोरङ जिल्ला भरि छरिए रहेका अनलाईनलाई कानुन सम्त परिमार्जन गर्दै लैजान प्रोत्साहन गर्ने पनि निर्णय गरेको छ ।
यसैवीच एक नम्बर प्रदेशमा रहेका अनलाईनलाइ पनि केन्द्र स्त्तरका अनलाईनसँगै हातेमालो गर्दै जाने भएको छ ।
विराटनगरका स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीको अध्यक्षतामा गठितअनलाईनले आगामी बैठक देखि १५ कार्य समिति हुने गरी सदस्यता थप गर्ने भएको छ ।
मोरङमा संञ्चालन आउन लागेको पहिलो अनलाईनकी बिनु तिम्सीना र निरन्तर खबर डट कमका दिनेश गिरीलाईलाई कार्य तदर्थसमितिमा समेल गरिएको अनलाईन मिडिया समुहका मोरङका सचिव पुष्पराज थपलियाले जानकारी दिए । साथै अनलाईन समुहले तेजेन्द्र भण्डारीलाई केन्द्र स्तरका अनलाईनसँग समन्वय र छलफल गरि समन्वय गर्ने र मोरङका सम्पुर्ण अनलाइनहरुलाई एक जुट बनाउदै लैजानका लागि संयोजक लाइ अधिकार दिने सर्व सम्पत्तिबाटै निर्णय भएको सचिव पुष्पराज थपलियाले जानकारी गराउनु भएकोछ ।