AArya
RUMPUM
animated ellipse animated ellipse

लायन्स मल्टिपल फेस्टिवलको तयारी पुरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७४, शुक्रबार २०:५१
3
Shares
विराटनगर, ४ फागुन / नेपालमा लायन्सको जन्मथलो विराटनगरमा शनिबार हुने तेस्रो लायन्स मल्टिपल फेस्टिवलको तयारी पुरा भएको छ ।

डिस्ट्रिक ३२५ ए वानको आयोजनामा सम्पूर्ण लायन्स परिवार एउटै थलोमा जम्मा भई एक दिने कार्यक्रम आयोजना गरिने र त्यसले भाईचारा अभिबृद्धि भई व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए वानका गर्भनर लीला ढुँगेलले बताउए । उनका अनुसार सन् २०१७/०१८ लाई सेवा वर्षका रुपमा मनाइरहेका बेला आयोजना गरिएको फेस्टिवललाई महत्वपूर्ण रुपमा लिइएको छ । लायन्स क्लवले विभिन्न खालका सेवा, कार्यक्रम तथा व्यक्तित्व विकास र उत्प्रेरण एवं आपसी सद्भाव बृद्धिका कार्यक्रम गर्दै आएको उनले बताए ।

सन् २०१५-०१६ देखि लायन्सका चारवटा डिस्ट्रिकले पालैपालो मल्टिपल फेस्टिवल आयोजना गर्दै आइरहेका छन् । पहिलो मल्टिपल फेस्टिवल चितवनको सौराहामा डिस्ट्रिक ३२५ वी टुले र दोस्रो पोखरामा डिस्ट्रिक ३२५ वी वानले आयोजना गरेका थिए । कार्यक्रम अन्तर्गत अन्तर डिस्ट्रिक फुटबल, व्याडमिन्टन, टेवल टेनिस, चेस, भलिवल, रस्सी तान्ने लगायतका खेलहरु संचालन हुने छन् । त्यस्तै हाजिरीजवाफ, बक्तृत्वकला पनि गरिने छ । ढुँगेलले विजनेस सेमिनार, स्वेच्छिक स्टल, लायन्स फेलोसिप, सांस्कृतिक कार्यक्रम पनि गरिने बताए । कार्यक्रम स्थलमा खानाको स्टल पनि रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर