AArya
RUMPUM
animated ellipse animated ellipse

८ रनले चुक्दा नेपाल डिभिजन- २ को उपविजेतामै सीमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७४, बिहीबार २१:०८
3
Shares
फाइल तस्वीर
विराटनगर, ३ फागुन / नेपाललाई पराजित गर्दै यूएईले आईसीसी विश्व क्रिकेट लिग डिभिजन– २ को उपाधि जितेको छ । नामिबियामा आज भएको फाइनल खेलमा नेपाल यूएईसँग ७ रनको भिनो रन अन्तरले पराजित भएको छ ।

यूएईले २ सय ७८ रनको चुनौती पछ्रयाएको नेपालले पुरै ओभर खेल्दै ८ विकेट गुमाई २ सय ७० रनमा सिमित भएको छ । नेपालका लागि कप्तान पारस खड्काले सतक प्रहार गरेका छन् । उनले १ सय ३ बलमा ८ छक्का र ३ चौका प्रहार गरि १ सय १२ रनको कप्तानी इनिङ खेलेका छन् । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३५ रन, सरद भेषवाकरले ३० रन, ज्ञानेन्द्र मल्लले २४ रन र राहित पौडले २३ रनको योगदान दिए । यूएईका अमिर हायतले सर्वाधिक ४ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको यूएईले पुरै ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन बनाएपछि नेपालले यो चुनौती पाएको हो । यूएईकालागि प्रारम्भिक ब्याट्म्यान अश्फाक अहमदले आक्रामक खेल्दै १ सय १४ रन बनाउँदा कप्तान रोहन मुस्तफाले ५१ रन ठोस इनिङ खेलेका थिए । अहमदले १ सय २३ बलमा ३ छक्का र १० चौका प्रहार गरे । अहमद र कप्तान मुस्तफाले पहिलो विकेटकालागि २४ दशमलव १ बलमा १ सय ९ रनको टोस शूरुवात गरेका थिए । त्यस्तै साइमन अनवरले ४० रनले र रमीज शाहजादले ४६ बलमा १ छक्का र १ चौका प्रहार गरिनटआउट ४१ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी, सन्दीप लामिछाने र सोमपाल कामी समान १–१ विकेट लिए । एक विकेट रन आउट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर